जेष्ठ २२, बुटवल
अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला बिहिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सडकमा मसाल जुलुस गरेर विरोध प्रदर्शन गरेको छ । रुपन्देहीका ३ क्षेत्रमा भएको मसाल जुलुसमा mcc लाई कुनै हालतमा पास गर्न नदिने उद्द्घोषसहित विरोध सभासमेत भएको थियो ।

देवदहमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेकपाका जिल्ला नेता जिवनले संसदवादि नेताहरुले एमसिसी पास गर्ने सपना नदेख्न अनुरोध गरे । ‘राज्यको मुख्य शक्ति जनता हो, जनताले mcc खारेज गरिसकेको छ, यदि पेलेर पास गर्ने सपना देखेको भए त्यसको प्रतिरोध हाम्रो पार्टीले गर्छ’ जिवनले भने । देवदहमा भएको कार्यक्रममा ८० जनाको सहभागीता रहेको थियो ।

बुटवल, सैनामैना र देवदहमा छुट्टाछुट्टै प्रदर्सन भएका थिए । हातमा मसाल बोकेका युवा, विद्यार्थी तथा आम जनताहरुले mcc पास गर्न नदिने गरि लाग्ने प्रतिबद्धता जनाएका थिए । यता नेकपाले संसदबाट पास गरेमा पनि लागू गर्न नदिने गरि आन्तरिक रणनीतिहरु बनाएको बताईरहेको छ ।

यस्तै लुम्बिनीका कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पा लगायतमा पनि मशाल जुलुसहरु भएका समाचारहरु प्राप्त भएका छन ।