अनखबर, जेष्ठ २४
पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देवेन्द्र पुन घुस रकमसहित रुपन्देहीको सैनामैना गाउपालिकास्थित सालझण्डिबाट समातिएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलिले उनलाई ३ लाख रकमसहित समातिएको हो । उनले स्थानीय तहमा ठेक्का मिलाईदिएको भन्दै ठेकेदारसग ३ लाख रुपैया लिएको बुझिएको छ । अख्तियारका अनुसार उनले घुस लिदै गरेको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको हो । यता सोही गाउँका अध्यक्ष राम बहादुर कार्कीलाई सम्पर्क गर्दा उनलाई सो घटनाबारे केही जानकारी नभएको र वडाका बाहिरी जिल्लामा जानुपर्ने कुनै कार्यक्रम नरहेको बताए ।