जेष्ठ ३२
कालिकोट । नेकपा कालिकोटका जिल्ला कमिटि सदस्य तथा कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष अनैतिक सम्बन्ध राख्दा राख्दै रङ्गेहात पक्राउ परेका छन ।
सात्ताधारी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका दलबहादुर विश्वकर्मालाई आपत्तिजनक अवस्थामा फेला पारिएको हो ।
नरहरिनाथ गाँउपालिका वडा नं ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् ।

अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष विश्वकर्माले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि घेरा हालेर होहल्ला गर्दै समातेका थिए ।