बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष रामकुमार शर्माको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाईते भएका शर्मालाई चिसापानी अस्पतालमा उपचार गराउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताए ।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको नवलपरासीका सिडियो सागरमणी पाठकले जानकारी दिए । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको थियो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै थिए । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको छ ।