असार १
अनखबर
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जबस मोर्चाले विरोध सभा रुपन्देहीको बुटवलमा सम्पन्न गरेको छ ।

 

अमेरिकन मिलेनियम च्यालेन्जर कर्पोरेसन एमसिसी, रुकुममा भएको जातीय विभेदको अपराध, अमेरिकामा भएको काला जातिमाथिको रङ्गभेदी अपराध लगायत, सरकारको स्वास्थ सामाग्री खरिद लगायतमा भएको भ्रष्टाचार लगायतका बिषयमा विरोध गर्दै नेकपा रुपन्देहीको संयोजनसहित अखिल ( क्रान्तिकारी), अनेमसघ (क्रान्तिकारि), अखिल नेपाल ट्रेड युनियन महासघ, दलित मोर्चा, युवा संगठन नेपाल लगायत मोर्चा र जनबर्गिय संगठनको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारिको तर्फबाट विरेन्द्र विक, महिल संगठनको तर्फबाट रेखा खनाल लगायतले मन्तव्य राखेका थिए ।

सामाजिक दुरि कायम राख्दै गरिएको विरोध सभामा नेकपाका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

विगत लामो समयदेखी mcc को विरुद्धमा चरणबद्द आन्दोलन गर्दै आएको नेकपाले रुकुम र देवदहमा भएको जातीय विभेद सहितको जघन्य अपराधको समेत विरोध कार्यक्रम गर्दै आएको छ ।