असार १
बुटवल- पाल्पा सडकखन्ड अन्तरगत पर्ने सिद्दबाबामा हाईल्क्स गाडी दुर्घटना भएको छ । प्रदेश ३ च ०१ -४५२२ नम्बरको हाइलक्स गाडी पाल्पाबाट बुटवलतर्फ आउदै गर्दा सिद्दबाबाको मन्दिर नजिकै दुर्घटनाग्रस्त भएको हो । गाडी बाटोबाट २०० मिटर तल तिनाउ खोलामा खसेको छ । गाडीमा सवार ६ जना घाईते छन्, प्रहरीले उद्दार गरि ६ जनालाई प्रादेशिक अस्पताल बुटवलमा पुर्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुखले जानकारी दिनुभयो । फाईल फोटो