अनखबर
असार ७, नवलपुर । विद्रोही नेकपा नवलपुरले प्रधानमन्त्री केपी वलीलाई बेसार, तातोपानी, अदुवा, लसुन लगायत सामग्री पठाएको बताएको छ ।
एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै त्यसको विरोध स्वरुप गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलमार्फत् प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाएको नेकपा नवलपुरको बताएको छ ।
एमसीसी विरुद्ध सांकेतिक रुपमा उक्त सामग्री प्रधानमन्त्री वलीलाई पठाएको नेकपा नवलपुरले बताएको छ । उक्त सामग्री बुझाउनका लागी जिल्ला जनपरिषद प्रमुख विशालको नेतृत्वमा ठूलो टिम गैडाकोट नगरपालिकाको मेयर पौडेलको कार्यकक्षमा पुगेको थियो । परिषद्का प्रमुख विशालले प्रधानमन्त्री वलीलाई एमसीसीको विरुद्ध सांकेतिक रुपमा बेसार लगायत उपहार पठाइएको बताए ।
नेकपाले एमसीसी विरुद्ध देशव्यापी संघर्ष गर्दै आएको छ । यसअघि नवलपुरमा नेकपाले एमसीसी विरुद्ध पर्चा वितरण, पोस्टरिङ, पुत्लादहन, कोणसभा, मसाल जुलुस गरेको थियो ।