अनखबर / बर्दघाट

असार ९
बाहिर चर्चामा आउँदा विकासका गतिविधिमा अगाडी रहेको भनिएपनी बर्दघाट नगरको नजरभने फेरिएको छैन । बर्दघाटका शाखा शडकहरु जिर्ण अबस्थामा छन । नगरपालिकाको विकास भनेर चिनिने पहिलो आधार सडक हो, सडकको सन्जाल सुविधायुक्त र राम्रो भएपछि मात्रै विकासको चरण सुरु हुन्छ तर यता बर्दघाटका जनताहरु भने गर्मीमा धुलाम्य र बर्षामा हिलाम्य बाटो हिड्न बाध्य छन ।


बर्दघाट नगरपालिका वार्ड न. ४ स्थित धौलागिरी चोक स्थित सडक हिड्न मात्रै हैन, हेर्न समेत लायक छैन, यो वार्ड आफैमा  बर्दघाट नगर र नवलपरासी जिल्ला कै राजनैतिक हिसाब ले केन्द्र को रुपमा लिइन्छ। बर्दघाट नगरपालिकाको कार्यालय को मात्रै ९०० मिटर को दुरिमा पर्छ। यो बाटो देखि करिब ७०० मिटर को दुरिमा  बर्दघाट नगर का नगरप्रमुख को निवास,करिब १ किमि को दुरि मा वार्ड न. ४ का वार्ड अध्यक्ष को निवास, करिब ४००/६०० मिटरको दुरिमा २ जना वार्ड सदस्य हरुको निवास पर्छ। यसरि जनप्रतिनिधिहरुलेनै प्रयोग गर्ने सडकको हालत यस्तो छ भने अरु सडकको हालत अनुमान लगाउन सकिन्छ । नगरले हरेकबर्ष रकमको ठूलो हिस्सा सडकमा खर्च गर्छ, विकास बजेटको खर्च कि त फ्रीज हुन्छ या असारमा काम गर्न सुरु गरिन्छ जबकी असारमा बर्खायाम सुरु भैसकेको हुन्छ । विकासको नाममा विकासभन्दा बढी बर्दघाटमा राजनीति हुन्छ, आफ्नो वडाको बाटो जनतालाई भन्दा पनि भोटर र अर्को चुनावलाई लक्षित गरेर सडकको सुधार गर्ने गरिन्छ । नगरको विकासको अवस्था देखाउने सडकको हालत नगरको केन्द्र त्यो माथी यत्तिका नजिक जनप्रतिनिधि हरु भयको ठाउको बिकास को हालत यो छ दुर दराज का जनता हरुको स्थिति के होला ? हामी आफै अनुमान लगाउन सकिन्छ !