अनखबर
असार १०
नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष गुणाखर भट्टराईले अमेरिकन च्यालेन्जर कर्पोरेसन एमसिसिलाई संसोधन गरेर लागू गर्ने नभई पुर्णतः खारेज गर्नुपर्ने बताएका छन । रुपन्देहीको सैनामैना नगरपालिका अन्तरगत रामापुरमा भएको एमसिसी विरुद्धको पढौ र पढाउ अभियान अन्तर्गत जनअधिकार अभियान नेपाल, रुपन्देहीको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले हिजो महाकाली बेच्दा देश कायापलट हुन्छ भने, हिजो कोशी सम्झौता गर्दा देश झलमल हुन्छ भनियो तर स्थिति झन भयावह बन्दै गएको भन्दै उनले एमसिसिले देशकी विकास गर्ने कुरा भ्रामक भएको र अमेरिकाले नेपालमा आन्तरिक द्वन्द मच्चाउने र यहाँ रहेर चिनलाई घेर्ने रणनीति अन्तर्गत यो अभियान ल्याएको हो, उनले भने,”अमेरिकाले संसद किनबेच गरेर भएपनी एमसिसी लागू गराउने रणनीतिमा छ, त्यसो हुनु भनेको नेपालको स्वाधीनता पुर्णत उपनिवेशमा पार्ने र देश बेच्ने खेलो हो ।”


यस्तै कार्यक्रममा जनमोर्चा सैनामैनाका नेता जागेश्वर रेग्मी, नेकपा मालेका सल्लाहाका मनिराम वन लगायत नेताहरूले एमसिसीलाई भ्रष्टाचार गर्ने अर्को अखडा बनाउने र अमेरिकी सेनाहरुले परेड खेल्ने मैदान बनाउन खोजेको त्यसको प्रतिवाद गर्न जनता सचेत हुन आवश्यक रहेको बताए । जनाधिकार अभियान रुपन्देहीका अध्यक्ष रेशम चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन केशवराज अर्यालले गरेका थिए ।