अनखबर/नवलपुर
असार १२
अमेरिकी सहयोग MCC सम्झौता राष्ट्रघाती भएको भन्दै निरन्तर बिरोध गरेको विप्लव नेकपाले आज विभिन्न ठाउँ बिरुद्द सिठी र लाठी जुलुस सहित मोटर साइकल र्याली सम्पन्न गरेको छ ।


विप्लवको युवा संगठन नेपाल नवलपुरले डन्डाबजारमा पार्टीको केन्द्रिय कार्यक्रम अनुसार सिठी र लाठी जुलुस गरेको जानकारी दिएको छ ।
कार्यक्रमको सम्बोधन गर्दै युवाका अध्यक्ष अभिनासले
नेपालको दलाल संसदिय पुजीवादी दलाल सरकार र त्यस्का मतियारहरु ले MCC पास गरेर अमेरिकी सेना नेपालमा भित्र्याउने षड्यन्त्र लाई सम्पुर्ण युवा एकजुट भयर ध्वस्त पार्ने घोषणा गर्नु भएको छ ।

कार्यक्रममा नवलपुरका सबै पालिका बाट उल्लेख्य उपस्थिति रहेको थियो । कावासोतीको डन्डाबजारमा सप्पन्न भएको पार्टी श्रोतले जानकारी दिएको छ ।