बुटवल/असार १३
सुरुदेखि नै एमसिसी सम्झौताको खारेजीको माग गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आज राष्ट्रघाती एमसिसि परियोजना बिरुद्ध बुटवलमा मसाजजुलुस प्रदर्शन गरेको छ ।
केपि ओलि सरकारले एमसिसि सम्झौता सँसदबाट पास गराउन लागेकाे भन्दै उक्त पार्टीले त्यसको विरुद्धमा प्रदर्शन गरेको जनाएको छ । करिब ३ दर्जन पार्टी नेता कार्यकर्ता सहभागी भएको मसाल जुलुस बाल्दै, एमसिसि खारेज गर ,केपि सेरबहादुर देउवा मुर्दावाद , एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पाईदैन, जस्ता नारा लगाएका थिए । पछिल्लो समय रुपन्देहिमा पार्टी, युवा, विद्यार्थी, महिला लगायत जबस मोर्चा र संगठनहरुले mcc विरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आएका छन ! यसैगरी कार्यक्रम अर्घाखाँचीको सितगङ्गा, नवलपुरको कावसोती, नवलपरासीको सुनवल, गुल्मिको तम्घास, पाल्पाको तानसेन लगायतका जिल्लामा समेत मसाल जुलुस गरिएको छ ।