अनखबर / बुटवल
असार १३
बुटवलमा एमसिसी बिरुद्ध निरन्तर रिजेक्ट एमसिसी अभियान संचालन भैरहेको छ । लामो समयदेखि विवादित रहेको अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (mcc ) खारेजिको माग गर्दै विभिन्न अभियान्ता तथा समुहहरुले प्रदर्शन गर्दै आएका छन ।
यसैक्रममा शनिवार स्वतन्त्र युवाहरूको समुहले नेपालको नयाँ लागू भएको नक्सा अङ्कित टिसर्टमा रिजेक्ट एमसिसी लेखेर युवाहरुले एमसिसी खारेजिका नारा घन्काएका थिए । बुटवलको पुष्पलाल पार्कमा उपस्थित भएका युवाहरुले no mcc लेखिएको माक्स लगाएर सामाजिक दुरि कायम गर्दै विरोध सभाको आयोजना गरेका थिए ।
एमसिसी नवउदारवाद हो, एमसिसी चाहिदैन देशलाई अमेरिकी उपनिबेश बनाउनब्पाईदैन जस्ता मर्मस्पर्शी नाराहरु लेखिएका प्लेकार्ड, पम्पलेट सहित उपस्थिति भएका युवाहरुले देश विकास गर्न mcc परियोजना नभई भ्रष्टाचार रोक्नुपर्ने माग राखेका थिए । राष्ट्रिय झण्डालाई गोलो घेरामा राखेर राष्ट्रियताको रक्षामा नेपालिहरु एक भएको सन्देश दिदै, mcc को आक्रमणलाई रोकेको दृश्य झल्कने गरि कार्यक्रम देखाईएको थियो । हरेक दिनका विरोध सभामा फरकफरक संयोजक बनाउने नीति अनुरुप शनिबारको कार्यक्रम संयोजन गरेका मनोज पोख्रेलले mcc खारेज नहुदासम्म निरन्तर संघर्षको कार्यक्रम जारी राख्ने बताए ।
सधैजस्तो कालो ब्यानरमा ४/६ जना नेताहरूको भाषण सुनेर आजित परेका जनतालाई अलिकति रचनात्मक र सन्देशमुलक कार्यक्रम गर्ने बताउदै अर्का अभियान्ता विनोद खनालले mccको खारेजिको लागि दैनिक जनसहभागिता बढिरहेको बताए । यस्तै सुरुदेखि नै यो अभियानमा लागिरहेका पदम कार्कीले १६ गते अर्को विरोध कार्यक्रम र १८ गते एमसिसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिए ।