असार १४ नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकमा रहेको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको आइतबार विहान मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाईनमा बसेका ४५ बर्षिया एक पुरुष शनिबार मध्य रात उनको अवस्था गम्भिर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा ती पुरुषको आइतबार विहान मृत्यु भएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ ।

गत असार १२ गते भारतको मुम्बईबाट आएका ती बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीकै बासिन्दा हुन । उनि भारतबाट फर्किने वितिकै चिसापानी स्थित चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाईनमा आएर बसेका थिए ।स्वास्थ्य शाखा प्रमुख ज्ञवलीका अनुसार उनी पहिल्यै देखि प्रेसर र प्यारलाईसिसका विरामी समेत थिए ।

मृतक पुरुषमा कोरोना भए नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको र पिसिआर रिपोर्ट पछि मात्र उनको मृत्युको कारण थाहा हुने ज्ञावलीले जानकारी दिनुभएको छ ।