दाङ,१५ असार ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ ।
अाज दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धराैटी दाखिला गरेपछि अदालत परिसरबाट रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
गत २०७५ असाेज २९ गते ने.क.पा. राप्ती ब्युरो बैठकबाट २१ जना गिरफ्तार पर्नु भएका मध्ये तुलसीपुर कारागारबाट उहाँ अाज जिल्ला अदालतमा धराैटी दाखिला गरि रिहाइका लागि उपस्थित गराइएको थियो ।
अदालतबाट रिहाइ भएलगत्तै अदालतमै फुलमाला अविरले उहाँलाई स्वागत गरिएको थियोे त्यसको केही छिनमै प्रहरीले पुनः गिरफ्तार गरि काभ्रे लगिएको थियोे ।