धुब्र गौडेल,असार १६ ,स्याङ्जा ।
स्याङ्जा जिल्लामा खनिएका अधिकांश ग्रामीण सडकहरू मापदण्ड विपरीत खनिएको पाईएको छ । जिल्लामा प्रदेश सरकार मार्फत खनिएका योजनाहरु बिना प्राविधिक अलपत्र र बेवारिसे ढंगले खनेपछि ग्रामीण सडकमा नाममा खनिएका सडकले जनताका घरबास समेतको उठिबास लाग्ने स्थिति अाएको छ । प्रदेश मार्फत खनिएको सडक खण्डमा प्राविधिक ढंगले ईन्जिनियर अाफैले फिल्डमा पुगेर प्राविधिक रुपमा अनुगमन र निर्देशन गर्नुपर्नेमा ठेकेदार संगको मिलेमतोमा होटलमा बसेर कमिसन लिने र कतिपय योजनामा फोनैफोनमा देखावटी निर्देशनको नाममा ईन्जिनियरहरुले लापरबाही गरेेपछि दर्जनौं ग्रामीण सडकहरुले जनताका घर,कोठ,स्कुल,सौचालय,सिचाइ कुलो लगायतका संरचना भत्काएर जनतालाई सास्ती थुपार्ने गरेको जनगुनासो जिल्लामा व्यापक मात्रमा उठेको छ । असार लागेपछि विकासे योजनाका नाममा घनमिटर पुर्याउने र करोडौंको योजना झ्वाम पार्ने स्वार्थले जनताका लालपुर्जा भएका जग्गा जमिनमा समेत मनपरी डोजर चलाएर गाउँ बस्तीमा विकासका नाममा उजाड बनाउन खोजिएको दुखेसो पोखेका छन् ।
वालिङ ३ स्याङ्जाका धन बहादुर कार्कीले ग्रामीण सडकखण्डले विकासका नाममा विनाश निम्ताएको बताए ।
उनलेे भने कोही पनि जनता विकास विरोधी छैनन् तर असारमा बजेट सक्ने उदेश्यले सत्तामा भएका नेताहरू,ठेकदार र ईन्जिनियरहरुको मिलेमतोमा सडक बिस्तार गर्ने दिउँसो सडक खन्छन राति पानी अाएर दिनभर खनेको सडक जनताका घरगोठ भत्काउदै माटो सहित खेतमा लगेर थोपार्छ र २ दिने बर्खाको पानीले बाटोको संरचना समेत नरहने गरी भत्किएका छन् र तिनै भत्किएका सडकले जनताका घरगोठ,सौचालय,बिधालय भवन तथा सिचाइ कुलोमा समेत अस्तव्यस्त बनाउने गरेका छन् ।
ठेकदार डोजर लिएर बाटो बनाउन अाउछन,उनीहरूलाई घनमिटर पुर्याउन सजिलो र काम देखाउने उदेश्यले धेरै कता खन्दा फाइदा हुन्छ त्यतै खन्छन्,ढुगा र पहरो भएको भिर छुदैनन् त्यहाँ एउटा जिप समेत हिड्न धौधौ पर्छ माटो भएको सजिलो ठाउँमा ६ लेण्ड बनाउने गरि भत्काउछन्,ईन्जिनियर छैन,अनुगमन गर्ने निकाय छैन् ।
कहाँ तत्काल खन्न पर्ने हो ? कहाँ खन्न पर्ने होइन मनपरि खन्छन् यसले बजेट सक्ने ठेकदार,ईन्जिनियर र केही नेताहरू मोटाउने बाहेक अरु केही उपलब्धि नहुने भन्दै अाक्रोस पोखेका छन् ।
सरकारी निकायले डेढ करोडको टेण्डर अाह्वान गर्छ,ठेकदारहरुको अस्वस्थ प्रतिस्पर्धाले ठेक्का पार्ने स्वार्थ र लोभमा थोरै मुल्यमा टेण्डर हाल्छन् ,सांसद,जनप्रतिनिधि र कतिपयनेताहरूले ठेक्का हाल्छन् यदि त्यो भएन भने अाफ्ना नजिकका कार्यकर्तालाई ठेक्का पार्ने र त्यसबाट बाटो बनाएको जस पनि लिने अार्थिक रुपले समेत पैसा लिने गरेको कतिपय ठेकदारहरु बताउछन् ।
योजनाको नत नियमन अनुगमन छ, सडकहरु मनपरि खनिएको छ,ईन्जिनियरलाई पटकपटक सडकले हाम्रो घरगोठ झुन्डिएको छ रातभर सुत्न समेत सकिएको छैन् कमसेकम प्राविधिक हिसाबले तपाईंहरु अाएर सडक हेरिदिनु पर्यो भन्दा समेत ईन्जिनियरहरु हामीले ठेकदार संग सल्लाह गरिरहेका छौं भन्दै फोनमा टार्ने गर्छन् ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर २ मा प्रदेश सरकारको ५० लाखको बजेटमा खनिएको भकुण्डे चेहानडाडां सडकखण्ड खनेका ५ दिनमा संरचना पुर्ण रुपमा भत्किएको छ । ठेकदार र ईन्जिनियरको मिलेमतोमा एकपटक समेत अनुगमन नगरी खनिएको उक्त सडक अहिले प्रायः सडकको संरचना समेत पुर्ण रुपमा ध्वस्त भएको छ ।
यो र यस्तै अधिकांश योजनामा ठेकदार र ईन्जिनियरको मिलेमतोले विना प्राविधिक सल्लाह खनिएपछि सडकहरु दिउँसो खन्ने र राति संरचना नरहने गरि भत्किएका हुन । यसरी एउटै योजनामा खन्ने-भत्किने गर्दा न बाटोको स्तरउन्नति र जनताले सुख पाउने स्थिति बन्ने बरु ठेकदार,ईन्जिनियर र कतिपय नेताहरूले पैसा कमाउने बाहेक यी योजनाहरु प्रभावकारी नबन्ने निश्चित छ ।