हुम्ला संवाददाता ।
नेत्र बिक्रम चन्द `बिप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हुम्लाले जिल्ला सदरमुकाम सिमिकोटमा मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौताको बिरोध गर्दै प्रदर्सन गरेको छ ।
अमेरिका र नेपालका बिच हुने भनिएको एमसिसी सम्झौताको देशब्यापी चर्को बिरोध भईरहेको बेला नेकपा हुम्लाले प्ले कार्ड देखाउहै बजार परिक्रमा गरेको थिए ।
नेपाल कम्युनिस्ट पार्टी उसको उसको जन बर्गिय संगठनले लगातार विभिन्न माध्यमबाट बिरोध जनाउँदै आएको छ । यस अघि पनि आफ्नो संघर्षका कार्यक्रम अन्तर्गत पर्चा बितरण, पोस्टर टाँस्ने, कोण सभा , प्ले कार्ड प्रदर्शन , ब्यानर टास्ने जस्ता कार्यक्रमहरु गर्दै आईरहेको थियो ।
नेपालमा जन आस्था र अपेक्षा बिपरित राष्ट्र र राष्ट्रियता नै धरापमा पार्ने र नेताहरुले आफ्नो स्वार्थ पूरा गर्न तल्लिन रहेको अवस्थामा राष्ट्रियता थप धरापमा पार्दै देशलाई कमजोर बनाउन र अमेरिकी शैन्य परेड मार्ग खडा गर्ने कुटनिती सफल हुन नदिने र एमसिसी सम्झौता खारेज नभएसम्म संघर्षका कार्यक्रमहरु निरन्तर रुपमा अगाडी बढ्ने हुम्ला जिल्ला पार्टी स्रोतले जानकारी दिएको छ ।