काठमाडाैं । नेकपा निकट अखिल क्रान्तिकारी राप्ति ब्युरोले लकडाउनका समयमा पनि निजी शैक्षिक संस्थाहरुले जबर्जस्ती शुल्क बुझाउन दबाब सिर्जना गरेमा आफ्नो संगठनलाई जानकारी गराउन अपिल गरेको छ । साथै प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
क्रान्तिकारीले उक्त निर्णय तत्काल फिर्ता गर्न जोडदार माग समेत गरेकाे छ।अखिल क्रान्तिकारी राप्ति क्षेत्रीय समन्वय समिति संयोजक दिपक बिस्टले एक बिज्ञप्ति जारी गर्दै शुल्क असुल गर्ने निर्णयविरूद्व पहिलो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेका छन् ।
बिष्टले विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न पनि अपिल गरेका छन् ।
जसअन्तर्गत असार १७ गते राप्तीका सबै जिल्लाहरुका सम्बन्धित निकायमा सचेत पत्र बुझाउने, १९ गते अन्तरक्रिया भिडियो कन्फ्रेन्स (बिद्यार्थी, अभिभावक, सरोकारवाला पक्षसँग), २१ गते बिरोध प्रदर्शन र भण्डाफोर, २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने र तालाबन्दी गर्ने क्रान्तिकारीले जनाएको छ । विज्ञप्ति :