पाल्पा संवाददाता ।नेकपा निकट अखिल क्रान्तिकारी पाल्पाले शिक्षा इकाईलाई ध्यानाकर्षण पत्र बुझाउदै अन्लाईन शिक्षाको नाममा शुल्क लिनेलाइ कारवाही गर्ने चेतावनी दिदै पत्र बुझाएका छन।

अखिल क्रान्तिकारी पाल्पाका अध्यक्ष द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ्न अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै विद्यार्थी हरुको शैक्षिक अधिकारका निम्ति संघर्षरत रहेको कुरा सर्वविदितै छ । देशमा विभिन्न समयमा घट्ने अप्रिय घटनाहरु, राष्ट्रियता माथिको वैदेशिक हस्तक्षेप, जनतन्त्र, जनजिविकाको विषयमा पनि आफ्ना आवाजहरु बुलन्द पार्दै हाम्रो संगठन अघि बढिरहेको छ ।
अध्यक्ष लंकले विज्ञप्तिमा भनेका छ्न विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड १९) ले सम्पुर्ण मानव जीवनलाई नै तहसनहस गरिरहेको र त्यसको प्रभाव शिक्षामा पनि गम्भीर रुपमा परेको देखिन्छ । करिब ४ महिना देखिको बन्दाबन्दिको कारण करिब ९० लाख विद्यार्थीको पठनपाठनमा रुकावट आएको छ । अभिभावकहरुको रोजगार समेत गुमेको अवस्थामा निजि तथा शैक्षिक संस्थाको छाता संगठन प्याब्सन र एनप्याब्सनले अन्लाईन शिक्षाको नाममा जारी गरेको अपिलप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्यसैगरी अन्लाईन शिक्षा , पाठ्यपुस्तक परिवर्तन गर्ने तथा अन्य विभिन्न बहानामा महामारीको अवस्थामा अभिभावकको ढाड सेक्ने गरि शुल्क लिने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छ्न ।

विज्ञप्तिको अन्त्यमा संगठनको पत्रलाइ अटेर गरि अभिभावक , विद्यार्थीहरुलाई अनावश्यक दबाब दिएमा अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला समिती संघर्षमा उत्रने चेतावनी दिएका छ्न ।विज्ञप्तिको पुर्णपाठ :