काठमाडौ ।नेकपा निकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी महासंघ नेपालले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका नाममा पास भएको संघीय निजामती सेवा ऐनको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा निजामती कर्मचारीले पाउदै आएकका सेवा सुविधालाई कुन्ठित गर्दै राजपत्रांकित र राजपत्र अंनकित कर्मचारीलाई विभेद गरी ल्याइएको विधेयक प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक वक्तव्य जारी गर्दै महासंघले खेद एवम् उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले जारी गरेको वक्तव्य जस्ताकोतस्तै..
हाम्रो कर्मचारी महासंघ कर्मचारीको पेशागत हक, अधिकार, समतामुलक, स्वच्छ र प्रभावकारी जनसेवाका लागि उच्च मनोवलका साथ आमूल परिवर्तन र नयाँ नेपाल निर्माणको महा अभियानमा अनवरत रुपमा संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ । स्वाधीन, सबल, समृद्ब नेपाल निर्माणको प्रकृयामा सबै देश भक्त राष्ट्रसेवक कर्मचारीहरु एक्यवद्बताकासाथ अगाडि बढ्नु पर्ने विषम परिस्थिती हाम्रो सामुमा देखा परेको छ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका नाममा पास भएको संघीय निजामती सेवा ऐनको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा निजामती कर्मचारीले पाउदै आएकका सेवा सुविधालाई कुन्ठित गर्दै राजपत्रांकित र राजपत्र अंनकित कर्मचारीलाई विभेद गरी ल्याइएको विधेयक प्रति हाम्रो महासंघ खेद प्रकट गर्दै यो विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौ ।
 रा.प.तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्ति मा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवामा र २० प्रतिशत आन्तरिक/अन्तर तह प्रतिस्पर्दाको व्यवस्था हुनु पर्ने ।
 निजामती सेवामा प्रवेश गरीसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परिक्षामा भाग लिन उमेरहद नलाग्ने व्यवस्था र सेवा अवधि जोडन पाउने विषयमा नि.से.नि. ऐन २०४९ को व्यवस्था यथावत कायम हुनुपर्ने ।
 सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनु पर्दछ ।
 स्थानीय र प्रदेशमा समायोजन भएका निजामती कर्मचारीलाई बढुवा र सरुवा भई प्रदेश र संघमा आउन पाउने व्यवस्था हुनुपर्दछ ।
 रा.प. प्रथम र द्बितीय श्रेणीको खुल्ला परिक्षामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक पर्ने शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको कर्मचारी योग्य हुन पाउनु पर्ने व्यवस्था गर्ने ।
 विभिन्न सेवा समुहमा कार्यरतकर्मचारीहरुको बृत्ति विकास लगायत सेवा सुविधा स्वतः बृद्बि हुदै जाने व्यवस्था गरिनु पर्दछ ।
 सामुहिक सौदाबाजी गर्न पाउने गरी अधिकार सम्पन्न ट्रेड युनियन रहने व्यवस्था हुनु पर्ने ।
कर्मचारीलाई हारेको सीपाई बनाई कार्यस्थलमा खटाउँदा कर्मचारीको मनोबल कमजोर हुने भएकोले उच्चमनोबलका साथ कार्यस्थलमा कार्य गर्ने वातावरण सृजना नभए सम्म देशभरका कर्मचारीहरुले गर्दै आएका आन्दोलनहरुमा एक्यवद्बता जनाउने र आवश्यक परे कर्मचारी आन्दोलनको नेतृत्व गर्ने प्रतिवद्बताका साथ अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ले विश्व आक्रान्त भएको बेला स्वास्थ्य क्षेत्र र जनसम्पर्क बढी रहेका कार्यालयमा कार्यरत कर्मचारीको PCRपरिक्षण यथाशिघ्र गर्न आग्रह गर्दै कर्मचारीहरुको वृत्ति विकास र हक अधिकारबाट वन्चित गर्न खोज्ने विरुद्ब सम्पूर्ण न्यायप्रेमी कर्मचारीहरु एक ढिक्का भई अघि बढ्न आग्रह गर्दै यस प्रेस विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौ ।
(अमरसिंह वली)
महासचिव
विज्ञप्ति पुर्णपाठ :