अनखबर असार १८
अखिल नेपाल शिक्षक संगठन ,प्रदेश ५ को आयोजनामा आयोजित १८ दिने प्रविधि मुलक शिक्षण सिकाइ अन लाइन तालिम एक कार्यक्रमका विच समापन भएको छ ।

जेठ ३२ गते बाट लगातार १८ दिन सम्म चलेको उक्त प्रशिक्षण मुलक तालिमको समापन कार्यक्रममा बोल्दै संगठनका पुर्व अध्यक्ष गुणराज लोहोनिले प्रविधिको ज्ञान नभएको मानिसलाइ समयले निरक्षर बनाइदिएको कुरामा जोड दिनु भयो। वर्तमान परिप्रेक्षमा प्रभावकारी शिक्षण सिकाइ प्रक्रियामा प्रविधिलाई अनिवार्य रुपमा जोड्नु पर्ने कुरा बताउनु हुँदै यसको लागि प्रत्येक शिक्षकलाई प्रविधि मुलक तालिमको व्यवस्था गर्नु पर्ने र सरकारले प्रती एक बिद्यार्थी एक ल्यापटप (OLPC) उपलब्ध गराउनु पर्ने कुरामा जोड गर्नु भयो । शिक्षामा आमूल परिवर्तन गर्नु पर्ने कुराको वकालत गर्नेहरुको करिब दुई तिहाईको सरकार छ तर उनीहरु पुराना कुरा बिर्सेर शिक्षामा सुधारको कुरा समेत गर्न छाडेको सन्दर्भ औल्याउनु भयो ।


शिक्षकका पेशागत सवालहरु विगत देखि वर्तमान सम्म ज्युकात्यु रहेको भन्दै आफ्नो तलव भत्ता वृद्धि गर्नेहरुले बिधालय कर्मचारी र बालबिकास शिक्षकको श्रम शोषण गरेको बताउनु भयो । समापन कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष घनस्याम पाठक , उपाध्यक्ष गुणाखर भट्टराई , महासचिव रमेश रुपाखेती , के स सदस्यहरु राजेन्द्र ढकाल , ललन प्रसाद चौबे , भिमदेव ढकाल सहित रुपन्देही जिल्ला अध्यक्ष रेशम चालिसे , चितवन जिल्ला अध्यक्ष हिरामणि चापागाईंले आ आफ्नो धारणा व्यक्त गर्नु भयो । त्यसैगरी सहभागिको तर्फ देखि शेरचन्द्र गिरी , कृष्ण अधिकारी ,गङ्गा तिवारी ,सचिन भण्डारी ,पर्शुराम चौधरी लगायतले तालिम अत्यन्तै प्रभावकारी रहेको र आगामी दिनमा पनि संगठनले धेरै भन्दा धेरै शिक्षकहरूलाई सहभागी गराएर यस्तै खाले प्रभावकारी कार्यक्रम संचालन गर्नु पर्ने सुझाव राख्नु भएको थियो । तालिमलाई युवराज तिवारी , केशवराज अर्याल र सर्बेस बर्माले माइक्रोसफ्ट पावर पोइन्ट , हाइपर लिन्क , वर्ड , एक्सल लगायतका बिधामा सहजीकरण गर्नु भएको थियो । प्रदेश अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।