कालिकोट संवाददाता ।विप्लव नेतृत्व नेकपा कालिकोट जिल्ला राष्कोट एरिया न ३ को पाचौ बैठकले लालिघाट टिप्पर दुर्घटनाको सत्यतथ्य छानबिन र आर्थिक मसान्तमा हुने आर्थिक अनियमिता भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने जस्ता निर्णय सहित बैठक सम्पन्न भएको छ । एरिया ईन्चार्ज क नवकुल शाही निर्भिकको सभापतित्वमा जिल्ला ईन्चार्ज क बिराटको प्रमुख अातिथ्यता र जिल्ला सेक्रेटरी रणदिपको विशेष अातिथ्यतामा सम्पन्न बैठक सम्पन्न भएको छ ।

एरिया बैठकले अषाढ मसान्त सम्म कोभिड १९ को बाहाना मा कमिसनको उदेश्य राखेर नगरपालीका ले बितरण गरेको राहातको बिबरण मागी छानबिन गर्ने । लालीघाट टिप्पर दुर्घटनामा भएको नगरको लार्पबाहीको सत्य तथ्य छानबिन गर्ने । अषाढ मसान्तमा हुने चरम भ्रष्टाचारको निगरानी गर्ने र भ्रष्टाचारिलाई कार्बाही गर्ने । निर्णय गर्नुका साथै उक्त बैठकमा जिल्ला ईन्चार्ज क बिराट ले नक्कली कम्युनिष्टहरु ले देशलाई बन्दकी राखेर स्वार्थ सिद्दगर्नु का साथै राष्टीयता धरापमा पार्न खोजेका ले खबरदारी गर्दै स्वाधिनताको मुद्दा प्रमुख बनाएर जाने बेला अाएकोले सक्रिय भएर लाग्नु पर्ने निर्देशन दिनु भयो ।

कालिकोट जिल्ला सेक्रेटरी क रणदिपले अाउने विभिन्न चुनौती को सामना गरि पार्टी योजनामा प्रतिबद्द भएर लाग्न निर्देशन दिनु भयो । उपस्थित सम्पुर्णको धारणा सहित बैठकका अध्यक्ष क निर्भिक शाही ले बैठक समापन गर्नु भयो ।