पुजा लम्साल असार २१ नवलपरासी ।पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रबाट भन्सार छलि गरि भारत तर्फ लैजादै गरेको अवस्थामा रु १ लाख ५० हजार मुल्य बराबरको केराउ बरामद भएको छ । सिमाप्रहरी चौकि भुजहवाबाट खटिएको प्रहरी टोलिले सरावल गाउपालिका वडा नं ७ बर्गदवाबाट २० बोरा केराउ बरामद गरेको हो । मानिस संगै साइकलमा भारत तर्फ लैजादै गरेको अवस्थामा सो परिमाणको केराउ बरामद गरिएको प्रहरीले जनाएको छ । यता प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलिले प्रतापपुर गाउपालिका वडा नं ५ धमौर्लीबाट १० बोरा केराउ बरामद गरेको छ । ६ वटा साइकल संगै सो परिमाणको केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकरी राजु लामाले जानकारी दिनुभयो ।
बरामद भएको ३० बोरा केराउलाई आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ । यसैगरि जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा नं ३ को एक कुटिको पानी तान्ने मोटर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन ३ का निसार भनिने गोवरी पवरिया रहेका छन् । समरहवा बाबा कुटिको हेन्डपाइपमा जडान भएको पानी तान्ने मोटर गत असार १९ गते चोरी भएको थियो । अनुसन्धानका क्रममा पवरियाले चोरेको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिबिरुद्ध चोरी मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको छ ।