असार २३
बुटवल – निजि विधालयहरुले बन्दाबन्दी समयको र अनलाइन शिक्षाको नाममा शुल्क असुली गरेको भन्दै अखिल (क्रान्तिकारी) रुपन्देहीले कालो ब्यानर टाँसेको छ । बुटवलका प्रतिष्ठित भनिने होराईजन बोर्डिङ स्कुल, एभरेस्ट बोर्डिङ स्कुल, दीप बोर्डिङ स्कुल, सिद्दार्थ बोर्डिङ लगायतले अनलाईन क्लास चलाउने र अनलाईन क्लासको नाममा व्यापक पैसा उठाउने जनगुनासो आईरहेको बेला रुपन्देहीको तिलोत्तमामा रहेको पब्लिक बोर्डिङ स्कूल, प्यामाउण्ड बोर्डिङ स्कूल लगाएतका स्कूलमा तत्काल शुल्क फिर्ताको माग गर्दै कालो ब्यानर टाँसेको अखिल (क्रान्तिकारी) रुपन्देहीले जनाएको छ ।
अखिल (क्रान्तिकारी) रुपन्देहीले यसअघि पनि शुल्क असुलिका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको थियो । संगठनले देशभर यसका विरुद्ध चरणबद्ध संघर्ष गर्दै आएको छजनाएको छ। अनलाइन शिक्षा र बन्दाबन्दीको समयमा बिद्यार्थी र अभिभावकबाट शुल्क नलिन पटक–पटक अनुरोध गर्दा समेत नरोकिएकोले यसका विरुद्ध सांकेतिक रुपमा कालो ब्यानर झुण्ड्याइएको जनाएको हो।
तत्काल शुल्क फिर्ता नगरिए र शुल्क लिन नरोकिए प्रतिरोधात्मक संघर्ष गर्ने अखिल(क्रान्तिकारी) ले चेतावनीसमेत दिएको छ।
अखिल (क्रान्तिकारी) रुपन्देहीले यसअघि देखिनै ध्याकर्षण पत्र बुझाउने, सरोकारवालासँग अन्तरक्रिया गर्ने,बिद्यार्थी अभिभावक संयुक्त विरोध प्रदर्शन गर्ने लगाएतका चरणबद्ध कार्यक्रम समेत गरिसकेको थियो।