असार २
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कोरोना महामारी र शैक्षिक संकट विषयमा नवलपुरको देवचुली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अतिथिहरु युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनाश, अखिल नेपाल शिक्षक संगठन नवलपुर अध्यक्ष राम प्रसाद गौतम, नेपाल रास्ट्रीय शिक्षक संगठनका जिल्ला अध्यक्ष नरदेव न्यौपाने, प्याब्सन केन्द्रिय सदस्य राजेन्द्र पौडेल र जगत प्रसाद भट्टराई, प्याब्सन नवलपुरका कार्यवाहक अध्यक्ष दिपक रावत, नेपाल अभिभावक महासंघका जिल्ला अध्यक्ष श्याम शर्मा भुसाल,पत्रकार जगन्नाथ खनाल,विभिन्न शिक्षक संगठनका प्रतिनिधि, शिक्षक र विद्यार्थी बिच उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दुई दर्जन बढीको सहभागीता रहेको थियो। बन्दाबन्दीको समयमा अभिभावक र विद्यार्थीको रोजिरोटि खोसिएको समयमा निजी विद्यालयहरुले शुल्क अशुल गर्न नहुनेमा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जोड दिएका थिए। त्यस्तै यतिका समयसम्म संचालनमा रहेका निजि विद्यालयले संकटको समयमा शिक्षकलाई तीन महिनाको तलब पनि उपलब्ध गराउन नसक्ने भन्दै आश्चर्य व्यक्त गर्दै यसलाई अभिभावकको टाउकोमा थोपार्नु भन्दा राज्यसँग माग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा बक्ताहरुले बन्दाबन्दिको समयमा शुल्क नलिने र यसको बारेमा राज्यले ध्यान पुर्याउनु पर्ने कुराहरु राखेका थिए। साथै बन्दाबन्दिको अबधिमा प्रबिधिको उच्चतम प्रयोग गरि अनलाइन शिक्षा प्रदान गर्नु पर्ने भए पनि सबैको पहुँचमा यो सम्भब नभएकोले यस्मा पनि राज्यले सबैलाई समेट्ने गरि कार्यक्रमहरु लाउनु पर्ने र यो समयमा विद्यार्थीहरुलाई सामाजिक र नैतिक रुपमा उत्प्रेरित गर्ने किसिमले सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुराहरु राखेका थिए।
कार्यक्रम अखिल क्रान्तिकारीका नवलपुर जिल्ला अध्यक्ष रुपा बुढा मगरको अध्यक्षतामा भएको थियो । अखिल (क्रान्तिकारी) नवलपुरले यसअघि एमसिसि बिरुद्ध प्रदर्शन, रुकुम हत्याकाण्ड बिरुद्ध प्रदर्शन तथा अनलाइन कक्षाको बहानामा भएको शुल्क अशुली विरुद्ध शिक्षा तथा समन्वय इकाई , प्याब्सन, एनप्याब्सनमा ध्यानाकर्षण पत्र बुझाएको थियो।