नवलपरासी संवाददाता ।नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी परासी द्वारा बृक्षरोपण कार्यक्रम सुनवल 1-6 स्थित हिलपार्कमा सप्पन्न भएको छ। बिक्की डुम्रेको अध्यक्षता भएको कार्यक्रममा नेपाल स्वयंसेवक संघ युवा संगठनका केन्द्रिय महासचिब सागर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने ह्याम्लेट क्लब,बि सि डब्लु युथ नेपाल क्लब, दारी ग्याङ,सामाजिक अभिनेता,पत्रकार,समाजसेवी ब्यक्तिहरुको उपस्थिती रहेको थियो। केन्द्रिय सचिब पौडेल बोल्दै रुख बिरुवा काट्नाले वातावरणमा र हाम्रो स्वास्थमा प्रतिकुल असर परिरहेको र रुख काटीसकेपछी अर्को बिरुवा नरोप्ने परम्पराले दीर्घकालीन रुपमा ठूलो असर पर्ने दुख व्यक्तगर्नु भएको थियो। अध्यक्ष डुम्रे बोल्दै जब हरियो जङल छ तब हामी स्वास्थ छौं हामिले बोटबिरुवा मार्नु भनेको हामि स्वयं मर्नु हो यस्लाई सबैले सोच बिचार गर्नुपर्ने र अहिले सम्म सस्थाले सामजिक काम गरिरहेको र अबपनि अन्य धेरै कार्यक्रम गर्न बाकी रहेको कुरा बताउनुभयो। साथै यो कार्यका लागि सबैको साथ र सहयोग चाहिने भन्दै आफू पनि ब्यक्तिगत स्वार्थ भन्दा माथीउठेर सामाजिक का गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। अमला गोलमोर,बाँस ,धुपी ,शिरीष , विशाल,अम्बा जस्ता विभिन्न बिरुवा रोपिएको थियो। कार्यक्रमको उद्घाटन केन्द्रिय सचीव सागर पौडेलले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन अमृत शर्माले गर्नु भएको थियो।