बैतडी ।नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला सचिवालय सदस्य एवम् युवा संगठन नेपाल सेतिमहाकाली संयोजक कमल भट्टलाइ जनताको काम गर्दागर्दै पक्राउ परेका तत्काल रिहाईको माग गरेको छ । ।

प्रहरीको पक्राउमा परेका भट्टलाइ बैतडी पार्टीका सेक्रेटरी र इन्चार्ज द्वयले संयुक्त विज्ञप्ति मार्फत रिहाई माग गरेका छ ।

विज्ञप्तिमा भनिएको छ: सर्वहारा वर्गको अग्र दस्ता हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी वर्तमान समयमा असमान MCC सम्झौता,लिपुलेक,कालापानि,लिम्पीयाधुरा प्रकरणका साथै कोभिड-१९ र बाढी,पहीरोको कारण आक्रान्त भएर छटपटाईरहेका जनताहरुका विचमा राजनितीक भण्डाफोर,जनचेतनामुलक,राहत वितरण र मर्मत-निर्माणका कार्यहरुमा सहभागि भईरहेको यतार्थता सवैमा स्पष्ट छ।
तर,विडम्वना दलाल के.पि.-पी.के.मण्डली नेतृत्वको सामाजिक फासिवादी सरकार आफ्नो गैर जिम्मेवार अनुदार अनुहार निर्लज्जताका साथ प्रदर्शन गर्दै जनताको उपचार,उद्दार,राहत वितरणका कार्यक्रमहरु संचालन गर्नुको साटो भ्रष्टाचार,घुसखोरी,कालो वजारी,तस्करीका साथै असमान र विभेद पुर्ण MCC सम्झौता गर्न तीर षड्यन्त्र मुलक तरीकाले भगीरथ प्रयत्नमा लागिरहेको छ । जुन अपराधीक र अराजनैतीक गतिविधि हरुको हाम्रो पार्टीले घोर भर्त्सना गर्दै भण्डाफोर गर्दै आएको छ । हाम्रो पार्टी प्रति जनतामा बढ्दै गएको विश्वसनीय आकर्षणका कारण अत्तालिएका उत्तर साम्राज्यवादीहरु द्वारा निर्देशित कठपुतलीहरु जनतामा श्वेत आतंक श्रृजना हुने गरी गोली चलाउने शैतानि शैलीमा एक पछी अर्को श्रृखंलावद्व रुपमा हाम्रा नेता,कार्यकर्ता माथि धरपकड,गिरफ्तारी,झुठा मुद्दा थोपर्ने काममा अग्रसर भएको देखिन्छ । राज्य द्वारा संचालित श्वेत आतंक प्रति निन्दा एवं तिव्र रुपमा घृणा व्यक्त गर्दै हिजो गिरफ्तार गरीएका करण एेरी र आज पाटन न.पा. १०,हतासमा जनसेवाको कार्यमा सहभागि युवा संगठन नेपालका सेति- महाकाली व्युरो ईन्चार्ज एवं जिल्ला सचिवालय सदस्य क.कमल भट्टलाई यथाशिघ्र स-सम्मान रिहाईको माग गर्दछौं । अन्यथा, दलाल राज्यका स्थानिय तह विघटन हुने गरी पेचिला र सर्त रहीत संघर्षका कार्यक्रमहरु अगाडी बढाउने घोषणा यसै विज्ञप्ति मार्फत गर्न चाहन्छौं।
साथै, राष्ट्र सेवक कर्मचारी,सुरक्षाकर्मि मित्रहरुलाई दलालहरुको उक्साहटमा नपरी राष्ट्र र जनताको हितमा काम गर्नका लागि हार्दीक आह्वान गर्दछौं ।विज्ञप्ति :