म्यादी संवाददाता ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्यादीले बाढी पहिरोबाट पीडित जनताको उद्वारमा खट्न आफ्नो नेताकार्यकर्तालाइ निर्देशन दिएको छ ।
कम्युनिस्ट पार्टीका म्यादी इन्चार्ज दिपाले एक प्रेस वक्तव्य जारी गर्दै नेताकार्यकर्तालाइ उद्दारमा कट्न आवहान गरेकीछ्न। म्यादीको विभिन्न ठाउँ पहिरोले २५ जना भन्दाबढिको मृत्यु भएको छ भने १३ जना भनाबढी घाइते भएका छ् ।
विज्ञप्तिमा भनिएकोछ लामो समयदेखि यता मानव जातिको स्वास्थ्य माथि चुनौति दिदै महामारिको रुपमा विश्वलाई नै हलचल र तहसनहस पार्दै कोरोना भाइरस ( कोभिड १५ ) तिब्र गतिमा फैलदो क्रम जारी नै छ । विश्व जगत कोभिड १५ सङ्ग जुधिरहेको छ । नेपालमा पनि हजारौं सामी दर्जनौ मृत्यु दरको संख्या बढी रहेको छ । देशमा लामो बन्दाबन्दी ( लकडाउन ) को कारण विविध समस्या सङ्ग नेपाली जनता जुधिरहेका छन् , भने राष्ट्रियता , स्वाधीनता , सार्बभौमिकता र स्वतन्त्रताको रक्षाको प्रश्न उठिरहेको छ र बहुसंख्यक नेपाली जनता जसको रक्षार्थ एकत्रित भएका छन् । अर्को तिर सामाजिक दलाल फासिबादका नाइकेहरु केपि पिके नेतृत्वको सरकार कोभिड -१५ को समस्या त छदैछ जनता माथी आइपरेका अन्य विपत्तिको पनि बेमतलब गरि लाजमर्दो तरिकाले कुर्सी हत्याउने र की जोगाउने खेलको चरमचुलिमा पुगेका छन् । प्रतिपक्ष भनिने दलहरु रमिते बनेका छन् बिगत देखि नै हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजबाद स्थापनार्थ र आमूल परिवर्तनको निम्ति निरन्तर अघि बढी रहेको यहाँहरुलाइ अबगत नै छ र वर्षायाम सङ्गै बुधबार रातिदेखी परेको जविरल वर्षाका कारण देशका विभिन्न ठाँउमा वाढि पहिरो र डुबानले ठुलो धनजनको क्षती पुयाएको छ । यसै क्रममा म्याग्दी जिल्लामा पनि यहि २०७७ असार २४ गते राति देखि २६ गते बिहान सम्ममा जिल्लाका विभिन्न भागमा गएको पहिरोले ठुलो धनजनको क्षती पुऱ्याएको छ । जिल्लाको धवलागिरी गाउँपालिका ६ मराडमा सबै भन्दा ठुलो धनजनको क्षती भएको छ । मालिका गाउँपालिका ७ बिम र रघुगङ्गा गाउँपालिका ठाडाखालिमा गरि २५ जना मानविय क्षती भएको छ । १३ जना घाइते हुनु भएको छ भने यी सबै स्थानमा गरि सयौंको संख्यामा जनताहरु घरबार बिहिन भएका छन् ।
इन्चार्ज दिपाले पहिरोको दुःखद घटनाप्रती हाम्रो म्याग्दी जिल्ला पार्टी गहिरो दुःख व्यक्त गर्दछौं मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफजाफन्तजनहरु प्रती गहिरो समवेदना प्रकट गर्दछौं । साथै घाइते हुनु भएका सम्पूर्णका शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौं । पहिरोका कारण बिपत्तिमा परेका पीडितहरुको उद्दारको लागि पार्टीको स्थानीय कार्यकर्ताहरुलाइ खट्न जिल्ला पार्टी निर्देशन गर्दछ । विभिन्न संघ सस्था विभिन्न पक्षका महानुभावहरु युवा वर्गलाई उद्धार कार्यमा सहयोग गर्नको लागि विशेष आग्रह गर्दछौं । पहिरोका कारण धनजनको क्षती बेहोरेका सम्पूर्ण नागरिकको उद्धार गर्न राहत उपलब्ध गराउन सुरक्षित स्थानमा व्यवस्थित पुलंदासको व्यस्थापन र उचित क्षतिपूर्तिको लागि जिल्ला पार्टी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ । बर्षा राम बाकी नै रहेकोले वाढि पहिरोको जोखिम अझै रहिरहने हुनाले सम्पणं म्याग्दिबासी जनसमुदायहरुमा सचेत र सजग रहन अपिल गर्दछौं ।
विज्ञप्तिको अन्त्यमा भनेकि छ् हाम्रा लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी म्याग्दी सदैब जनताको साथमा रहने छ भन्ने बिस्वास दिलाउन चाहन्छौं । विज्ञप्ति :