बागलुङ संवाददाता।बागलुङको जैमुनि नगरपालिका वडा ४ का वडा अध्यक्ष चक्र बहादुर थापाले एक स्थानीय १३ बर्षिय बालकलाई कुटपिट गरेका छन् । वडा कार्यलय नजिकै रहेको स्थानीय स्वास्थ चौकीमा अामा संगै पुगेका १३ बर्षिय सौगात थापालाई वडा अध्यक्ष थापाले कुटेको स्थानीयले बताएका छन् । स्वास्थ चौकीमा घेराबार लगाउने बिषयमा विवाद भएपछि दुई पक्षबीच हात हालाहाल भएको र सोही बिषयको भिडियो र फोटो खिचेको भन्दै वडा अध्यक्ष थापा,स्वास्थ चौकीका ईन्चार्ज डिल बहादुर थापा,अमृत सुवेदी लगायतको समुहले कुटपिट गरि घाइते गराएको बुझिएको छ । कुटपिट पछि घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको पिडितका बुबा ठगेन्द्र थापा क्षेत्रीले अनखबरलाई बताए ।
कुटपिट पछि अनखबरले वडा अध्यक्ष थापालाई किन कुट्नु भएको भनेर प्रश्न गर्दा सामान्य धकेलाधकेल भएको स्विकारे ।
तर घाइते बालकको अोठ र टाउकोमा चोट लागेको स्थानीयले बताएका छन् ।