राम बिश्वकर्मा, असार २९, कैलाली ।कैलालीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी नयाँ बजार नजिकै मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ बर्षिय कुष्माकर जोशीको मृत्यु भएको छ । पुर्व बाट पश्चिम आईरहेको अटो र पश्चिम बाट पुर्व गईरहेको म २ प ७९७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ भाँसीका ४१ बर्षिय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ बर्षिय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० बर्षिय ढक्या चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिश्ररण भट्ट ले जानकारी दिए।
। घाईतेको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएका छन् ।