असार ३०, नवलपुर । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सहायक संगठन युवा संगठन नेपाल, नवलपुरले खेलकुद सामाग्री बितरण गरेको छ । लकडाउनको समयमा युवाहरुलाई सिर्जनशील र शारिरीक तन्दुरुस्त राख्ने उद्देश्यले भलिबल र नेटजाली हस्तान्तरण गरेको युवा संगठन नेपालले बताएको छ ।

जिल्लाको हुप्सिकोट गाउँपालिकाका विपन्न युवाहरुलाई समेटेर जिल्ला सेक्रेटरी शीतल, जनसरकार प्रमुख विशाल र युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनाशको उपस्थितिमा उक्त खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । संगठनका अध्यक्ष अविनाशले युवाहरु खेलकुदमा लाग्दा मानसिक एवं शारीरिक तन्दुरुस्त हुने र आफ्नो

सिर्जनशीलतालाई राष्ट्रियतामा बदलेर एकीकृत जनक्रान्तिको बाटोमा लामबद्द हुन आह्वान गरे । युवाहरु राज्यको बेवास्ताका कारण बिदेशिन बाध्य पारिएको र कोरोना महामारीमा युवाहरु विदेशमा नारकिय जीवन जिउन वर्तमान सरकारले वाध्य पारेको बताए ।

उक्त पार्टी निकट अखिल(क्रान्तिकारी) नवलपुरले समेत जिल्लाको केही विद्यालयमा खेलकुद सामाग्री बितरण गरिसकेको छ ।