असार ३१ कैलाली संवाददाता । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ।

ईन्चार्ज पुनलाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको स्रोतले बताएको छ । उनलाई प्रहरीले लखेटी लखेटी पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसगै देशभर सयौं नेताकार्यकर्ता हरुलाई पक्राउ गरेको छ ।