श्रावण १ कैलाली संवाददाता ।नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो ईन्चार्ज अोम पुन पक्राउको बिषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले बन्द सहितको संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।
अाज ब्युरो सचिव छबिलाल द्वारा जारी वक्तव्यमा प्रचारप्रसार,कोणसभा,मसालजुलुस,ब्युरो बन्द गर्दै सरकारी गाडी चल्न नदिने सम्मका कार्यक्रम घोषणा गरेको छ ।
अाजै पार्टीका महासचिव विप्लवले समेत वक्तव्य जारी गर्दै पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका थिए ।

सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि नेकपा आक्रोशित बनेको छ । सरकारले विभिन्न सम्पर्कस्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै फेरि गिरफ्तार गर्ने कार्य जारी राखेपछि आक्रोश व्यक्त गर्दै महासचिव विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।
ब्युरो द्वारा जारी वक्तव्यमा साउन ३ गते प्रचारप्रसार,४ गते कोणसभा,५ गते मसाल जुलुस,६ गते सेती महाकाली बन्द र ७,८ र ९ गते ब्युरोभर सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ । विज्ञप्ति :