साउन १, बुटवल । देशभर जनतालाइ ऋण दिने नाममा ब्याज उठाउने र घरबास समेत उठाउने गरि जनता पिडित बनाईरहेको बेला नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लामा जनतालाई चक्रवति ब्याज लगाएर नगद असुल्ने र घर सम्पत्ति समेत कब्जा गरी जनतालाई दुःख दिने सहकारी वा लघुवित्तिय संघसंस्थाहरुलाई कारवाही गर्ने बताएको छ ।
विहिबार साँझ नेकपा रुपन्देहीका इन्चार्ज संगमले एक प्रेस विज्ञप्ती जारी गर्दै सुलभ ब्याजदरमा ऋण दिएर जीवन उकास्ने झुठा नारा दिएर लघुवित्त एवं सहकारी संस्थाहरुले सुदखोरी शैलीमा चक्रवृति ब्याज सहित नगद असुल्लेको, मिटरब्याजीहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना सङ्कटको बेला समेत यस्तो गलत क्रियाकलाप गर्ने वित्तिय संस्थाहरुलाई पार्टीले कारवाही गर्ने बताएका हुन् ।

रूपन्देही जिल्लामा सुलभ ब्याजदरमा ऋण उपलव्ध गराई जीवनस्तर उकास्ने झुट्ठा नारा दिएर खडा गरिएका केही लघुवित्त संस्थाहरुले सुदखोरी शैलीमा चक्रवृति ब्याज लगाएर नगद असुल्ने र घरसम्पत्ति समेत कव्जा गरी जनतालाई दुःख दिइरहेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

इन्चार्ज संगमले विज्ञप्तीमा जनविरोधी क्रियाकलाप तत्काल बन्द गर्न सम्बन्धित सरोकारवालालाई अपिल गर्दै भनेका छन्, “दलाल राज्यसत्ताको गलत नीति र कोरोना सङ्कटका कारण जनताको अवस्था भयावह भइरहेको बेला सुदखोरी शैलीमा चक्रवृति ब्याज लगाएर नगद असुल्ने, घरसम्पत्ति कब्जा गर्ने र मिटरब्याजी धन्दा चलाएर श्रमिक जनतालाई चरम शोषण गरिएको छ । हामी उक्त गलत कार्य तत्काल बन्द गर्न सम्वन्धित सरोकारवालालाई अपिल गर्दछौं । उक्त जनविरोधी क्रियाकलाप तत्काल नरोके कडा कार्वाही गर्ने र त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको परिणाम सम्बन्धित पक्ष नै हुने कुरा समेत यसै विज्ञप्ती मार्फत् जानकारी गराउँदछौँ ।”