साउन २ मकवानपुर । युवा संगठन नेपालका केन्द्रिय सदस्य सोनाम सिंह बललाइ प्रहरीले गिरफ्तार गरेको प्रति आपत्ति जनाएको छ ।

संगठनका केन्द्रिय सदस्य स्वास्थ्य समस्या भएर एकान्त बास बसेका नेता सोनामलाइ असार २४ गते आफ्नै निवासबाट गिरफ्तार गरेको संगठनले जानकारी दिएको छ। संगठनले एक विज्ञप्ति मार्फत गिरफ्तार सोनामलाइ यतासिघ्र रिहाईको माग गरेको छ !

विज्ञप्तिमा भनिएको छ केही दिन यता शारीरिक अस्वस्थता र कोभिड – १९ को वन्दावन्दिका कारण आफ्नै निवासको एकान्तवासमा आराम गरि राख्नु भएको सोनमलाइब सरकारले सामान्य मानविय चेत नै नराखी गिरफ्तार गर्नु अमानविय कार्य हो । रास्ट्र र जनताको लागि लड्ने क्रान्तिकारीहरुलाई रास्ट्रघाती दलालहरुको राज्य आतंक, गिरफ्तारी , जेल र यातनाले क्रान्तिकारी युवाहरु गल्ने र थाक्ने छैनन वरु एकीकृत जनक्रान्तिले झन स्पातिलो र चट्टानी वन्ने छ्न । गिरफ्तार पर्नु भएका कमरेड सोनामलाई विनासर्त स – सम्मान यथासिघ्र रिहा गर्न संगठन जोड्दार माग गर्दछ अन्यथा उत्पन्न हुने परिस्थितिको स्वयम् दलाल राज्य जिम्मेवार हुनुपर्ने संगठनका केन्द्रिय उपाध्यक्ष दिनेशले विज्ञप्तिमा उल्लेख गरेका छ्न !
विज्ञप्ति :