साउन ३ बुटवल ।
रुपन्देहीको देवदह स्थित बुटवल खैरेनी सडकखन्ड अन्तर्गत भलुही देखि १ किलोमिटर पुर्व जंगल क्षेत्रमा शनिबार विहान ६ बजे कार र मिनि ट्रक एक आपसमा ठोकिदा  कार चालक सहित ६ जना घाइते भएका छन ।

विरगन्जबाट बुटवल तर्फ आउदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडी बाट काठमाडौ तर्फ जादै गरेको  बा १७ च २२१७ नम्बरको कार एक आपसमा ठोकिदा कार चालक  डम्बर सिह बिस्ट सहित  अन्य ६  जना घाइते भएका छन । घाइतेहरुको उपचारका लागि देवदह स्थिति देवदह मेडिकल कलेजमा लगिएको  प्रहरी चौकी खैरेनीका प्रहरी सहायक निरीक्षक  भरत थापाले जानकारी दिए ।
तिव्रगतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।घाइतेहरु कारमा सवार ५ जना र ट्रक सवार ट्रक चालक एक जना गरि ६ जना खतरा मुक्त रहेको देवदह मेडिकल कलेजले जनाएको छ ।