साउन ३ नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको नगरबाल संजालको सकृयतामा बालबालिका र कोरोना सम्बन्धि भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवलले कोरोना माहामारीको र लकडाउनको समयमा बालबालिकाले गरेका काम, बालबालिका माथि परेको असर, बाल बिवाह,अात्महत्या, विषम परिस्थितिमा शिक्षाको अवस्था लगायत विषयमा कुराकानी भएको थियो। कार्यक्रममा सुनवल शिक्षा शाखा प्रमुख विष्णु गोतामे, शिक्षा अधिकृत पशुपति भट्टराई, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सुनवल नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति चुरामणि नेपाल, महिला बालबालिका शाखा प्रमुख केशरी गैरे,बालमैत्री सहजकर्ता सुमा पन्थी,नगर बाल संजाल अध्यक्ष कृष्ण धिमिरे, वेद संजालका संस्थापक अध्यक्ष कृष्ण पाण्डे,नगर संजालका सल्लाहकार समीर परियार र भुवन पन्थ लगायत नगरबाल संजाल,वडा बाल संजाल पदाधिकारी गरि ८० जनाको सहभागीता रहेको थियो।
कोभिड १९को महामारीको समयमा बालबालिकाको लागि नया कुरा सिक्ने र सिकाउन सकिने कुरा शिक्षा शाखा प्रमुख गोतामेले बताउनु भयो। नेपालमा कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको अवस्था, बालमैत्री स्थानीय शासनको प्रभावकारीता, महामारीको बेलामा सरकारले गरेको प्रयास, बालमैत्री क्वारेन्टाइनको अवस्था बारे जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले सहजकरण गर्नु भएको थियो। साथै बालबालिकालाई यो समयमा अाफ्नो मौलिक सृजना गर्न र त्यसलाई संगलन गरेर लकडाउन डाइरी बनाउन अनि सबैलाई सतर्कता अपनाउन अुरोध पनि गर्नु भयो। सुनवलले गरेको यो कार्यक्रम तथा प्रयासको प्रशंसा सँगै यो कार्यक्रमले बालबालिकालाई सचेत बनाउने र माहामारीको बेला बालबालिकाको समस्या बाहिर ल्याउन र समाधान गर्न ठूलो भुमिका खेल्ने कुरा राख्नु भएको संजालका अध्यक्ष कृष्ण घिमिरे जानकारी दिनु भयो ।