४ साउन/ बाके ।विप्लव नेतृत्वको नेकपाद्वारा संचालित समानान्तर सत्ता अन्तर्गतको जिल्ला जनपरिषद अर्थात जनसत्ताले बाकेमा करोडौं मुल्य पर्ने ६ विगाहा जग्गा नियन्त्रणमा लिएको जनाएको छ ।
बाँके जिल्ला स्थित कोहलपुर- ०४ किरण नालाको पुर्व-पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको करोडौं मूल्य पर्ने राज्यको सार्वजनिक ६ बिघा जमिन कित्ता नम्बर ७७, ७८ र ७९ लाई भुमाफियाहरुको गिरोहले सत्ताको पहुँच र पावरको आधारमा गरिएको लुटखसोट गरेकोप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको भन्दै दलालहरुले सार्वजनिक जग्गा बेचेर खान लागेकोले जग्गा जनसत्ताले नियन्त्रणमा लिएक बताईएको छ ।
जनपरिषदद्वारा सार्वजनिक एक विग्यप्तिमा भुमाफिया होसियार भन्दै उल्लेख गरिएको छ “हामि’एकीकृत जनक्रान्ति’ मार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापनाको प्रक्रियामा छौं । जनताको प्रमुख दुश्मनको रुपमा रहेको विभिन्न किसिमका लुटतन्त्र, दलालतन्त्र र माफियातन्त्र नै हाम्रो जनसत्ताको निशाना भएकाले सत्ताको केन्द्रीय नीति अनुसार नै यस सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको सबै सरोकारवालाहरुमा जानकारी गराउँदछौँ ।”
पछिल्लो समय नेकपालाई राज्यले प्रतिबन्द गराउने र नियन्त्रणमा लिने गरेको छ, यसैबीच नेकपाले आफ्नो संघर्ष समेत बढाएको एक केन्द्रिय सदस्यले जानकारि दिए ।विज्ञप्ति :