साउन ४ बुटवल । शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक आज आईतबार पनि नखुल्ने भएको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको सडक हिजादेखि खुलाउने प्रयास जारी रहे पनि खुलेको छैन भने पहिरो नजिकै बाट पैदल यात्रासमेत गर्न नमिल्ने गरी सडक अवरुद्ध छ ।
यसैगरी सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ । गएराती सडकमा खसेका ठूला ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध भएपछि त्यहाँका केही ढुङ्गा हटाएर दुई पाङ्ग्रे सवारीका साधान मात्रै चल्न सक्ने अवस्थामा रहेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले बताएको छ ।