साउन ५ रोल्पा।
जनयुद्धको आधारक्षेत्रको रुपमा चिनिएको रोल्पाको थबाङ गाउँपालिकाको आन्तरिक आय बार्षिक १५ लाख पनि छैन् । संघीय र प्रदेश सरकार मार्फत विनियोजित बजेट र कार्यक्रमका आधारमा मात्रै थवांङमा केही कार्यक्रमहरु देखिन्छन् ।
तर बार्षिक १५ लाख रुपिया समेत आन्तरिक आय नभएको थवाङ् गाउँपालिकाले ९ महिनामा मात्रै ४२ लाख बराबरको भत्ता र सेवा सुविधा वितरण गरेको छ । जनप्रतिनिधिहरुले ९ महिनाको भत्ता रकम बापत ४२ लाख बुझेको प्रमाण अनखबरले प्राप्त गरेको हो । देशकै सानो गाउँपालिका र जनयुद्धको छुट्टै पहिचान बोकेको थवाङ्ले समेत सेवा सुविधाको नाममा आम्दानी भन्दा सुविधा धेरै लिनु आफैमा लज्जास्पद बिषय हो । गाउँपालिकामा साविकका ३ वटा गाबिस मात्रै पर्छन् । ४२ लाख भत्ता जो अनुगमन भत्ता र भ्रमण भत्ता बाहेकको हो ।
थवाङ् जस्तै देशभरका स्थानीय निकायहरू आफुखुसि सेवासुविधा बढाएर जनताले तिरेको करमा मस्ती गरिरहेको गुनासो चौतर्फी रुपमा बढेको छ ।
स्थानीय निकायमा अाफुखुसि सेवासुविधा थप्ने,आफु वा आफु अनुकुल मान्छेलाई ठेक्का दिने,गुणस्तर हिन काम गर्ने गरेको गुनासो बढ्दो क्रममा छ । यसले जनप्रतिनिधिहरु प्रति नागरिकको अाक्रोस बढाएको देखिन्छ ।