साउन ५ पाल्पा । पाल्पाको माथागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड माथागढीले विभिन्न जातका बिरुवा बितरण कार्य गरिरहेको छ । सहकारीका शेयर सदस्यहरु तथा समुदाय को आर्थिक स्तर वृद्धि र बाताबरणिय सन्तुलन कायमका लागी आफ्नो सामाजिक उत्तरदायित्व निर्बाहका लागी फलफुल तथा अन्य बिरुवा बितरण गरिएको सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थिले बताउनुभयो। कागती,आप,कटहर,दालचिनी,बडहर,राइखनिया,कुरिलो
अङ्गुर,बकाइनो,टिमुर जातका फलफूल,घासपात तथा अन्य जातका बिरुवाहरु निशुल्क उपलब्ध गराइएको अध्यक्ष पन्थिको भनाइ छ । करिब १० हजार बिरुवा चिदिपानी,हुमिन रुप्से,कसेनि,झडेवा क्षेत्रमा बितरण गरिएको हो । कागती,अांप तथा टिमुरले तिन देखी पाच बर्ष भित्र प्रर्तिफल दिने र सदस्यहरुको आर्थिक स्तरमा टेवा पुग्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ । सहकारिको अभियानमा समुदाय स्तरबाट सहयोग भएको र सहकारीको साथलाइ सबै पक्षबाट सदुपयोग गर्दै थप आर्थिक-सामाजिक बिकासमा लाग्नका सबैलाई शेयर लिन अाग्रह गरिएको छ । सहकारीको सदस्यता लिइ सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका अध्यक्ष पन्थीले सबैलाई अाग्रह गरेका छन् । माथागढी बहुउद्देश्यीय सहकारी सस्थाले कृषि उपज सङ्कलन,बिरुवा बितरण सरकारका अन्य अनुदान कार्यक्रममा समन्वय,कृषि तथा पशुपालन क्षेत्रमा गरेको तत्परताले नमुना पेस गर्दै समुदायलाइ उत्साहित बनाएकोमा स्थानीय खुसी भएका छन् । बिरुवा अनुदान सहयोग प्रदेश ५ सरकार डिभिजन बन कार्यालय पाल्पा र भु तथा जलाधार कार्यालय पाल्पा बाट सहयोग प्राप्त भएको सहकारीले जनाएको छ। सहकारीले लडकाउनको समयमा गाउँमा कृषि एम्बुलेन्स सञ्चालन गरि किसानको खेतमा उत्पादित तरकारी बजार सम्म पुर्‍याउने र कृषकलाई राम्रो अाम्दानीको स्रोत बनाएको थियोे । बन्दाबन्दीमा बजार ठप्प हुदा कृषि एम्बुलेन्स मार्फत पाल्पा,रुपन्देही,स्याङ्जा र नवलपरासी सम्म उत्पादित तरकारी पुर्‍याउने काम गरेको थियो ।