साउन ५ स्याङ्जा ।
उद्याेग ब्यापारीहरुको साझा संस्था नेपाल उद्याेग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा स्याङ्जा वालिङ्का व्यवसायी शोभाकान्त पौडेलले उम्मेदवारी दिएका छन् । स्याङ्जा वालिङ् मा व्यवसाय गर्दै अाएका पौडेल व्यवसायीक क्षेत्रमा प्रभावशाली र सबैलाई मिलाएर लैजान सक्ने खुबी भएका व्यक्तिको रुपमा चिनिन्छन् । सफल र अनुभवी व्यवसायीको पहिचान बनाएका पौडेल वालिङ उद्याेग वाणिज्य संघका हालका अध्यक्ष समेत हुन ।
यहीँ साउन २६ र २७ गते महासंघले चुनाव मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।
स्याङ्जाको व्यापारिक केन्द्रको रुपमा परिचित वालिङमा विभिन्न व्यवसाय गर्दै अाएका पौडेल जिल्लामै सफल र अगुवा व्यवसायीको पहिचान समेत गराएका छन ।
उम्मेदवारी दिएपछि पौडेल विभिन्न जिल्लामा भेटघाटमा लागेका छन् । चुनावी सरगर्मी पछि पौडेल पर्वत,म्यादी,बागलुङ,कास्की लगायतका जिल्लामा पुगेर भेटघाटलाई तिव्रता दिएका छन ।