बुटवल, साउन ६
हिजो रातिदेखि आएको अविरल बर्षाको कारण सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्दबाबा क्षेत्रमा भिषण पहिरो जादा यातायात अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका ३ मा पर्ने सिद्दबाबा मन्दिरसग जोडिएको खोल्सामा ठुला ढुङ्गासहित झरेको पहिरोले बाटो अवरुद्धको साथै मन्दिरमा सामान्य क्षति पुर्याएको छ भने व्यवसायिक सटरहरुमा हिलो पसेर क्षति पुर्याएको छ । राती १ बजेदेखी २ बजेसम्म निरन्तर पहिरो आएको प्रत्यक्षदर्शी मन्दिरका पुजारिले बताए । उनका अनुसार यो २०३८ पछिकै सबैभन्दा ठूलो पहिरो हो । सिद्दबाबा क्षेत्रमा साना ठुला गरेर १० ठाउभन्दा धेरै पहिरो गएका छन भने ढुङ्गा खसेर बाटो अबरुद्ध छ ।
सडक सफा गर्नको लागि स्काईभेटर लगायतका साधनहरु तयारी अवस्थामा रहेको तर पानी आईरहेको हुदा काम गराउन नसकिएको पाल्पाका प्रमुख जिल्ला अधिकारि रमेश न्यौपानेले जानकारी दिए । यता सडक डिभिजन कार्यालयले समेत तर्फबाट सफा गर्दै जाने तयारी गरेको बताएको छ ।