खबर सम्बाद

नेपाल मेडिकल काउन्सिलको निर्वाचन–२०८२ अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। यस निर्वाचनमा १ जना उपाध्यक्ष पदका लागी ३ जना उपाध्यक्ष र ८ जना सदस्य पदका लागी ३३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने काउन्सिलका अन्य पदहरू भने सरकारबाट मनोनित हुने व्यवस्था छ।

उपाध्यक्ष पदमा डा. अजय सिंह थापा, डा. गुरु सरण साह र डा. कुन्जङ शेर्पा उम्मेदवार रहेका छन्। ८ जना सदस्य पदतर्फ बुटवल क्षेत्रबाट डा. सम्राट पराजुली सहित ३३ जना उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।

नेपाल मेडिकल काउन्सिल चिकित्सकहरूको दर्ता, आचारसंहिता कार्यान्वयन, चिकित्सकीय शिक्षा तथा सेवा गुणस्तर नियमन गर्ने संवैधानिक प्रकृतिको स्वायत्त नियामक संस्था हो। यसले देशभर चिकित्सकीय पेशाको मर्यादा र उत्तरदायित्व कायम गर्न भूमिका खेल्दै आएको छ।

लुम्बिनि प्रादेशिक अस्पतालका मतदान अधिकृत डा. नेत्र रानाका अनुसार पुष ४ र ५ गते दुई दिनसम्म सञ्चालन भएको मतदानमा लुम्बिनी प्रादेशिक अस्पताल केन्द्रबाट जम्मा ४३२ मत खसेको छ।  काठमाडौं क्षेत्रको मतदान पुष ११ र १२ गते सम्पन्न भएपछी मतगणना गरिनेछ ।