साउन ७ काठमाडौ ।नेपाली क्रान्तिकाे उद्गगम थलो थवाङका धरोहर बर्मान बुढामगरको बुधबार बिहान पाटन अस्पतालमा निधन भएको छ । जनयुद्ध अाधार क्षेत्र तथा राजनीतिक लालकिल्लाको रुपमा चित्रित थवाङ राेल्पा निवासी मगरको मृत्युले सबैलाई दुखि बनाएको छ ,क्रान्तिकारी धराेहर आदर्श र प्रतीकका कम्युनिष्ट नेता,पुर्व साँसद बुढाकाे उपचारकै क्रममा आज विहान ४:३० बजे पाटन अस्पतालमा निधन भएकाे हो । जलजला पहाडकाे क्षितिजबाट मानव मुक्ति समाजकाे निर्माणार्थ सामाजवाद, साम्यवादकाे लक्ष्य चुम्ने “सतिसल्ला” ढलेकाे छ । प्रेरणाका श्राेत स्व. बरमान बुढा ज्युप्रति भावपुर्ण श्रद्धाञ्जली ।