साउन ७ साउदी अरेबिया । साउदिअरबको पश्चिमी क्षेत्रस्थित नेपाली महाबाणिज्य दूतावास जेद्दाका महाबाणिज्यदुत रेवतीरमण पौडेल र श्रम सहचारी राजु कुवरको कार्यकाल समाप्तीस . नेपाली जनप्रगतिशिल मोर्चा क्षेत्रीय समिती जेद्दाले उनीहरुलाई मायाको चिनो स्वरुप पुष्पगुच्छाका साथै सगरमाथा र नेपाली झन्डाको फोटोफ्रेम दिएर बिदाइ गरेको छ । बिदाइ गर्ने क्रममा महाबाणिज्य दूतावासले आफ्नो कार्यकालमा हजारौ नेपाली श्रमिकहरुको समस्या समाधान गरेको र नेपाली जनप्रगतिशिल मोर्चा जेद्दा क्षेत्रीय सदस्य मात्र लगभग सय जनाको हाराहारीमा सफल उद्दार र श्रमिकहरुको समस्यामा समाधान गर्न सफल भएको थियो ! बाणिज्यदुत र श्रमसहचारीको बिदाइको क्रममा मोर्चाका बरिस्ठ सल्लाहकार तिर्थ पाखनज्यले बाणिज्य प्रमुख रेवती अनि श्रमसहचारी राजु कुवरज्युलाई विशेष धन्यवाद दिदै उहाँहरुको कार्यकालमा जेद्दा क्षेत्र अन्तरगतका कयौं घरेलु कामदार र विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुको दुखेको घाउमा उहाँहरुले उद्दार साथै राहतस्वरुप सजिलै मलहम पट्टि लगाउन निकै चासो लियर गर्नुभएको कार्यप्रती खुलेर प्रसंशा गर्नुभएको थियो भने जेद्दा क्षेत्रीय इन्चार्ज कैलाश मैनालीज्युले अब आउनुहुने नयाँ बाणिज्यदुत र श्रमसहचारीहरुबाट पनि तत्कालीन को जस्तैः साथ सपोर्ट र माया पाउनेमा आफुहरु ढुक्क भएको भनी बाणिज्यदुत रेवती रमण पौडेलज्युलाइ जानकारी गराउनु भएको थियो ! बाणिज्यदुत र श्रमसहचारीजले नेपाली जनप्रगतिशिल मोर्चाले गर्दा दूतावास पुग्न नसकेको कयौं समस्याहरुमा मोर्चा पुगेर त्यसमा आफुहरुलाइ पनी पिडितहरुको उद्दार गर्नमा ठूलो सहयोग पुगेको जानकारी गराउनु भएको थियो र मोर्चाले श्रमिकहरुको हकहितमा गर्दै आएको कार्यलाई हार्दिक धन्यवाद दिनुभएको थियो ! विशेषगरि मोर्चाले पीडितहरुको इज्जतमा ध्यान दिदै कयौं केसहरुको समस्यामा समाधान दिलाइ दिएर पनी बाहिर मिडियामा पीडितहरुको नाम सार्वजनिक नगरिदिएकोमा श्रमसहचारी राजु कुवरले मोर्चाको काम अन्य संघ – सस्थाहरुको भन्दा अलिक भिन्न भयकोमा खुशी व्यक्त गर्दै मोर्चालाइ विशेष धन्यवाद दिनुभएको थियो।