कञ्चनपुर साउन ८ । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा गएराति आगजनी गरेको छ । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडा सचिवको कार्यकक्षमा बढी क्षति पुगेको छ ।
कार्यालयभित्र राखिएका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पुरै जलेर नोक्सान भएको वडा अध्यक्ष जगतबहादुर सिंहले बताए । ‘कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला टुटाउन नसकेपछि झ्यालको सिसा तोडेर पेट्रोल छर्केर आगजनी गरिएको छ । उनले भने, ‘राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनी बाट क्षति भएको छ ।’
शुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण संकलनको कार्य भैरहेको वडा अध्यक्ष सिंहले बताए ।