अमर पन्थ, श्रावण ८ गुल्मी।
छत्रकोट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले नै क्वारेन्टाईन मापदण्ड पालना नगरेको पाईएको छ ।
केही दिन अघि दिगामका एक व्यक्ति आमा बिरामी भएर घर आएका उनी सरकारको नियमानुसार क्पारेन्टाईनमा बस्दै गर्दा उनको आमाको निदन भयो ।
समाजले उनलाई सामाजिक दुरी कायम गरी टाडा बाटै आफनो आमाको अन्तिम पटक मुख हेर्ने दिने तर दाहासस्कारमा भने समाबेस नगराउने गरी सम्झाई बुझाई गरेको थियो ।
तर समाजको निर्णय मानेन्न वडा अध्यक्षले आफनो रबैया र पावर देखाएरै छाडे समाजको निर्णय उल्टाउदै आफनो गाडी प्रयोग गरी रिडी लगेर दाहासस्कारमा सहभागी गराए दाहा सस्कार पछि मृत्कका छोरालाई पुन: क्वारेन्टाइन राखियो, तर सँगै एउटै गाडीमा आउजाउ गरेका चालक भने खुल्यआम समाजमा हिडेका छन् । यस्ले गर्दा समुदायमा जोखिम बढाएको छ भने वडा अध्यक्षको चौतर्फी आलोचना भएको छ ।
पार्टीको आन्तरिक छलफल तथा अनौपचारिक कार्यक्रममा क्वारेन्टाईनमा राख्ने प्रतिबद्धता जनाएका उनले पाटीको नियम पालना गरेका छैन्न । वडाको नितिनिमार्ण देखि बजेट विनियोजन सम्म आफू खुसी गर्दै आएका न्यौपाने थुप्रै कुरामा विवादित र आलोचित हुदै आएका छन् ।
स्थानियको कुरा त सुन्नु परै जावस आफनो पार्टीको समेत कुरा नसुन्ने प्रवृतिले गर्दा पार्टी भित्रै विवादित र आलोचित भएका छन् । निजकै कारण स्थानिय स्तरमा पार्टीको छवि विगार्दै गएको भन्दै गाउँपालिका स्तरका नेताहरुले चिन्ता व्यक्त गरेको छन् ।
यता छत्रकोट गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत भेषराज पन्थले बिस्तारै क्वारेन्टाईनमा रहेका व्यक्तिलाई होम क्वारेन्टाईनमा पठाउने केन्द्रको निर्णय रहेकोले होम क्वारेन्टाईनमा बस्न आग्रह गर्नुभएको छ ।
क्वारेनटाईनमा रहेका व्यक्तिहरुलाई ओहोरदोहोर गराउनमा संगलन भएका व्यक्ति नै समाजमा खुल्यआम हिडने भएपछि स्थानिय स्तरका जोखिम मात्र नभई त्रास पनि पैदा भैरहेको छ ।