बुटवल । प्याब्सन तथा एन प्याब्सनले शिक्षकहरुलाई साउनदेखि बेतली बिदामा राखेको तथा सोभन्दा अघिको तलब नदिएको भन्दै शिक्षक तथा कर्मचारी यूनियन प्याब्सु र पेष्टा रूपन्देहीले शुद्धाेधनमा संयुक्त रूपमा विरोध गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षामा सरिक नगराएको, कोरोना वीमा नगरेको तथा शिक्षक कर्मचारीहरुलाई सहयोग गर्नुपर्ने बेला सरकारसँग घुर्कि लगाएर आफूहरुमाथि नै अन्याय गरेको हुदा विना शर्त तलब भुक्तानी गर्न अाग्रह गरेका हुन् ।

शैक्षिक क्षेत्रमा नीजि तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुको अतुलनीय योगदान रहेता पनि सरकार र विद्यालय सञ्चालकहरुको लापारवाहीको कारण शिक्षकहरू आन्दोलनमा उत्रन बाध्य रहेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको थियोे ।
पेष्टा रूपन्देहीका अध्यक्ष इन्द् फाैजदार ,प्याब्स्यु शुद्धाेधनका संयाेजक कृष्ण प्रसाद पाण्डेले संयुक्त रूपमा गाउँ पालिकाका अध्यक्ष किशुनचन् चाैधरी,शिक्षा संयाेजक तथा वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेल,प्रमुख प्रशाशकिय प्रमुख अन्नतपाणी मरासिनीलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझै बाेल्ने बक्ताहरूले निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुकाे यश अान्दोलनमा एक्यवद्धता रहेको हुदा एक हप्ताभित्र समस्याकाे समाधान गर्न अाफुहरू लागि पर्ने बताउनुभएको थियोे । साथै यस्ता किसिमका गतिविधि नगर्न र विद्यालय संचालकसङ्ग लिखित जबाफ मागि समस्या समाधानको बाटाेमा अाफुहरू लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए। उक्त कार्यक्रममा प्याब्स्यु प्रदेश नम्बर ५ का अध्यक्ष लेखनाथ पाैडेल लगायत शुद्धाेधन गाउँ पालिकामा रहेका दस निजी तथा संस्थागत विद्यालयका करिब १३५ जना शिक्षक शिक्षिकाकाे सहभागीता रहेको थियोे ।