२०७७/साउन १०
विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पनि ठूलो प्रभाव परिरहेको छ। नेपालमा दिनहुँ कोरोना भाइरसका बिरामीहरू देखिदै आएका छन्। कोरोना भाइरसका बिरामीहरू देखिने क्रममा नेपालमा शनिबार आज १ सय ९ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार ४ हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय ९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यो सँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेका छन्।

गौतमका अनुसार देशभरका क्वारेन्टाइनमा हाल सम्म १८ हजार १ सय ८३ जना छन् भने आइसोलेसनमा ५ हजार ३ सय ८५ जना रहेका छन्। त्यस्तै अहिले सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ, भने शनिबार मात्र कोरोना सङ्क्रमणबाट निको भई घर फर्कनेको सङ्ख्या १ सय ६ जना रहेका छन्। त्यस्तै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या भने १३ हजार ५३ पुगेको छ।