उर्मिला यादव ,नवलपरासी ,साउन १० । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख २१ हजार मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ ।आज बिहान भारतबाट अबैध रूपमा भन्सार छ्ली ल्याउदै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद गरेको हो।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलले रामग्राम नगरपालिका वडा नम्बर ४ वाइपासबाट चिनी २५ किलो,ढोकाको कब्जा १८० पिस,सकेट ५० पिस, सकेट पाइप१ सय १६ पिस ,लगायतका मालसामान बरामद गरेको हो।
यस्तै गरि आज बिहान नै नेपालबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको अन्दाजी ६२ हजार ५ सय मुल्य बराबरको २४ बोरामा ६ सय २५ किलो
केराउ पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले केराउ बरामद गरेको छ।उक्त केराउ मानिसले साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखि बोरा फालेर साइकल सहितभागेको प्रहरीले जनाएको छ
यस्तै गरि आज दिउसो नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४० हजार मुल्य बराबरको
१३ बोरामा अन्दाजी ४ सय किलो केराउ प्रहरी चौकी गेर्मी बाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका ४ गेर्मा बाट बरामद गरेको छ । उक्त मटर मानिसले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखेर बोरा फाली भागेका थिए ।बरामद भएका सबै सामानको कुल मुल्य १ लाख २१ हजार रहेको छ भने बरामद भएका सबै सामान आज नै आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।